भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १७ मतले पछि परेका छन् ।
१५ हजार ३०८ मत गणना गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार एक सय ६५ मतसहित अग्रता लिएकी हुन् ।
मेयरमा एमालेका विजय सुवेदीले ५ हजार १४८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४४० मत पाएका छन् ।