धनगढी उपमहानगरपालिकाको पछिल्लो ताजा मतपरिणाम सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।
उनी सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा २ हजार बढी मतले अगाडी छन् । ११ हजार ४ सय २९ मत गणना हुँदा हमालले ४ हजार ९ सय १८ मत पाउँदा सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ५ सय ९५ मत पाएका छन्।
यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार २ सय २९ मत पाएका छन्। शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप९महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।