दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन हिँडेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
शैल्यशिखर नगरपालिका–६ ग्यानीमा से १ ज २७७ नम्बरको हाइस माइक्रो बस दुर्घटना चालक शैल्यशिखर ६ २३ वर्षका प्रकाश धामी, सोही ठाउँका २२ वर्षका नवीन सिङ्ग धामी र १९ वर्षका हरि सिङ धामीको मृत्यु भएको हो।
दुर्घटनामा दुईको मृत्यु
रसुवामा भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ ।
दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए। बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा उक्त मोटरसाइकल उत्तरगया–५ स्थित खाल्टेबगरमा दुर्घटना भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।