नेकपा एमालेका सचिव एवम् पुर्वमन्त्री लेखराज भट्टको गृह वडामा नेपाली काँग्रेस विजयी भएको छ । भट्टले मतदान समेत गरेको वडा कैलालीको गोदावरी नगरपालिका -१ मा नेपाली काँग्रेस प्यानल सहित विजयी भएको हो ।
उक्त वडामा नेपाली काँग्रेसका तर्फबाट गोपाल दत्त भट्ट र नेकपा एमालेका तर्फबाट शर्मानन्द भट्ट चुनावी मैदानमा थिए । गत स्थानीय तहको निर्वाचनमा पनि दुवै उम्मेदवार प्रतिस्पर्धी थिए, जसमा नेकपा माओवादीका तर्फबाट चुनाव लडेका भट्ट निर्वाचित भएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी अलग हुँदा एमालेमै रहेका भट्टले यस पटक भने उक्त वडामा हार बेहोर्नुपरेको छ । काँग्रेसका गोपाल दत्त भट्टले एमालेका शर्मानन्द भट्टलाई ८७ मतले पराजित गरेका हुन । कुल ४२८० मत खसेकोमा काँग्रेसका गोपाल दत्त भट्टले १४७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका छन् ।