धनगढीमा ८ हजार ७ सय मतगणना सकिएको छ । जसमा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ ।
८ हजार ७ सय मतगणना हुँदा हमालले ३ हजार ८ सय २९ मत पाएका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५ मत ल्याएका छन्।
यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ९३८ मत पाएका छन्। अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३, १८ र १९ को मत गणना भइरहेको छ भने १ को मतगणना सम्पन्न भइसकेको छ ।