रामकुमारी झाँक्रीको गुल्मीको मदाने गाउँपालिकास्थित वडाअध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ।
गठबन्धन हुँदा पनि झाँक्रीको वडामा एमाले विजयी भएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा समाजवादीलाई भाग परेको वडामा नेकपा एस पराजित भएको हो।
मदाने गाउँपालिका–२ मा गठबन्धनका तर्फबाट समाजवादीलाई हराउँदै एमाले निर्वाचित भएको छ। एमालेका माधवप्रसाद भुसालले ७८५ मत ल्याउँदा समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरेका छन्।