भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।
गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी २४६८ मत ल्याएका छन्।
रेनुलाई ३ मतले उछिन्दै विजय अघि बढेका छन्। यस्तै जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७०१ मत ल्याएका छन्। राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन्।