काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।
दोस्रो स्थानमा एमालेका उम्मेदवार केशव स्थापित र तेस्रो स्थानमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंह छन्।
उपप्रमुखमा एमालेकी सुनिता डंगोलले भारी मतका साथ अग्रता कायमै राखेकी छन् ।
पछिल्लो मतगणना परिणाम
मेयर
बालेन साह ३५३२
केशव स्थापित १८५६
सिर्जना सिंह १६६८
अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ। छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्।
वडा नम्बर ३१ को मतगणना केही समयअघि मात्र सुरू भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।