भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ।
एमालेले बदर मतलाई सदर गर्नुपर्ने भन्दै विरोध जनाएपछि मतगणना स्थगित भएको हो । मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएपछि निर्वाचन प्रमुखले मत बदर गरेका थिए ।
वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए ।
यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि मतगणनामा नबस्ने र अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएको बताइएको छ।
यस्तो छ हालसम्मको नतिजाः
मेयर
माओवादीकी रेनु दाहालः १७२७ मत
एमालेका विजय सुवेदीः १६४७
बागी उम्मेदवारी जगन्नाथ पौडेलः ५७९ मत
उपमेयर
कांग्रेस उम्मेदवार १८९५ मत
राप्रपा उम्मेदवारः १३३३ मत