पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्य अगाडि छन्।
उनले २४ सय मत गन्दा ९२३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा एमालेका कृष्ण थापाले ८५४ मत ल्याएका छन्।
उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले १ हजार २८ मत र एमालेकी मन्जु गुरुङले ९०७ मत ल्याएकी छन्।
पोखरामा अहिले वडा नम्बर १, २ र १२ मा मत गणना भइरहेको छ।