रौतहटको यमुनामाई गाउँपालिकामा लुटपाट भएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् ।
यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलमा फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै स्थानीयले लुटेर लगेका थिए । तर, हाल सुरक्षाकर्मीले नै उक्त मतपेटिका फिर्ता ल्याएका छन् ।