गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका खाँणले रुपन्देहीको तिलोत्तमा वडा नं. ८ को ज्योति आधारभूत स्कूलमा मतदान गरेका हुन ।
मतदान पछि उनले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले अघि बढेको बताए । उनले कसैले पनि असुरक्षित महशुस नगरी मतदान गर्न आग्रह गरे ।
यो निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरूले जनताको सेवक बनेर काम गर्नुपर्ने बताउँदै देश समृद्धिको दिशामा अघि बढेको बताए । साथै उनले यो निर्वाचनले जनताको शक्तिलाई शशक्तिकरण गर्ने बताए । सोही मतदान स्थल बाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले मतदान गरेका थिए ।