नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाका पाँचजना नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।
पार्टीका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा कांग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवम् पाँचदलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचजना नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको उल्लेख छ।
निलम्बनमा पर्नेहरुमा पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल छन्।