मिक्वाखोला गाँउपालिका वाड नं १ खोक्लीङमा एमाले कार्यकर्ता बिमल कार्कीको शव फेला परेको छ।
बैशाख २८ गते साँझ मिक्वाखोला गाँउपालिका वाड नं १ खोक्लीङमा शुक्रबार हुने निर्वाचनमा मतदान गर्न जान हिँडेका उनको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईले घटना शंकास्पद भए÷नभएको अहिले नै भन्न सकिने अवस्था नरहेको र प्रारम्भिक रूपमा हेर्दा सडकबाट भिरमा खसेको देखिएको बताए।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ।
यता, नेकपा एमाले सचिव योगेश भट्टराईले भने आफ्नो कार्यकर्ताकोअपहरणपछि शारीरिक र मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरिएको आरोप लगाएका छन्।
उनले निर्वाचनको अघिल्लो दिन भएको हत्या शंकास्पद र राजनीतिक रहेको आशंका गरेका छन्। हत्यारालाई तत्काल गिरफ्तार गरी कानुनी कार्वाही गर्न स्थानीय प्रशासनको उनले गम्भीर ध्यानाकर्षण गराएका छन्।