वैशाख ३० गते शुक्रवार नेपालभरिका ७५३ वटा स्थानीय तहमा हुन लागेको निर्वाचन हुँदैछ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि कर्मचारी, सुरक्षाकर्मी निर्वाचन सामाग्रीसहित मतदानस्थलमा पुगिसकेका छन्।
तर, अझैं पनि कतिपयलाई सही मतदान कसरी गर्नेबारे स्पष्ट जानकारी नभएको नहुन सक्छ।
कसी मतदान गर्दा मत बदर हुन्छ भन्नेबारे धेरै मतदाता अनविज्ञ छन्।
के भयो भने मत बदर हुन्छ?
– दुई वटम चिन्हका बीचमा छाप लगाएमा,
– कोठा बाहिर छाप लगाएमा,
– लत्पतिने गरी छाप लगाएमा,
– औंठा छाप लगाएमा,
– मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा,
– मतपेटिका भन्दा बाहिर मतपत्र राखेमा।