इन्जिन फेल भएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ।
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ।
उडेको १० मिनेटमै उक्त जहाजको बायाँतर्फको इन्जिनमा समस्या देखिएको थियो।
जहाजमा सवार ८० यात्रु सकुशल रहेका छन्।
उक्त विमान धनगढीको लागि बिहान ११ः४८ बजे उडेको थियो। विमान उडेको १९ मिनेटपछि अपराह्न १२ः०७ बजे त्रिभुवन विमानस्थलमा सुरिक्षत रुपमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सले जनाएको छ।