दैलेख दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ ।
बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी बिहान साढे ३ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी गराएका छन् । बडुवालले कुनै एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हुनसक्ने बताए ।
गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएपछि गाडीमा खासै क्षति भने हुन नसकेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।