राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
