नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै उनी चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
प्रदेश सांसद चौधरी सवार से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नेपाली कांग्रेस सम्बद्ध युवाहरूले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका हुन् ।
स्थानीयका अनुसार सो गाडीमा नेकपा एमालेको झण्डा समेत टाँगिएको अवस्थामा फेला पारिएको थियो ।