किरात राई यायोख्या सुनसरीले प्रदेश एकको नाम किरात प्रदेश राख्न माग गरेको छ। किरात राईहरुको मूख्यपर्व साकेला पर्व उभौलीका अवसरमा शनिबार धरानमा गरिएको पत्रकार सम्मेलनमा उनीहरुले उक्त माग गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दैं किरात राई यायोख्या सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राईले प्रदेश १ को नाम किरात राख्न माग गरेका हुन्।
प्रदेश १ का १४ वटै जिल्लामा आदीवासि किरातीहरुको बसोवास रहेको र किरात प्रदेश जातिय नभएर ऐतिहासिक नाम भएकाले प्रदेश १ को नाम किरात राख्न माग गरेका छन्।