नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेता आरजुविरुद्ध हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका हुन्।
बिहीबार आरजुले 'कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने' भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका हुन्।
आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन्।
आरजुको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरित भएकाले उनलाई यसबारे स्पष्टीकरण सोधेर कानुनअनुसार कारबाही गर्न अवस्थीको उजुरीमा माग गरिएको छ।