प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महानगरपालिका प्रमुखमा महिला उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्।
सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छ महानगरमध्ये दुई जना महिलालाई जिताउन आग्रह गरे।
‘राजधानीमा महिला उम्मेदवारलाई हराएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला ?’, प्रधानमन्त्री देउवाले भने। महिलालाई महानगरमा जिताएर पुरस्कार दिनुपर्ने उनको भनाइ छ। ‘राम्रो काम गर्ने महिलालाई पुरस्कार दिनुपर्नेमा हराउने काम गरेर हुन्छ’, उनले भने।
उनले काठमाडौंको प्रमुखमा सिर्जना सिंहलाई र भरतपुरको प्रमुखमा रेनु दाहाललाई जिताउन आग्रह गरे । प्रधानमन्त्री देउवाले सिर्जनाले काठमाडौंमा फोहोर समस्या रहेकोले प्रमुख जितेको छ महिनाभित्र व्यवस्थापन गरिने बताए । त्यस्तै, उनले बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु गठबन्धनको विरोधमा उत्रिएको पनि बताए ।