ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढीमाइ नगरपालिका–१२ बस्ने २७ वर्षीय अमन मगर र सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर मगर रहेका छन् ।
उनीहरुले बुधबार राति ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेका थिए । मादक पदार्थ सेवन गरी आएका उनीहरुले ड्यूटीमा रहेको प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।