आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार १४ सय ले बढ्दै प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६ सय रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो बिहीबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहको छ ।