सुनौलो रंगको कछुवासहित प्रहरीले चाबहिलस्थित एक होटलबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित खोटाङ हलेसी गेस्ट हाउसबाट साँखु बस्ने कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती पक्राउ परेका हुन् ।
चाबहिल क्षेत्रमा दुर्लभ वन्यजन्तु कछुवा अवैधरूपमा ल्याई २० लाख रुपैयाँ कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट कछुवा फेला पारिएको थियो । उनलाई आवश्यक कारबाहीका लागि बिहीवारै डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।