कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले कांग्रेसले नजित्ने पालिकामा पैसा नपठाउने चेतावनी दिएकी छन्।
डडेलधुरामा बिहीबार आयोजित चुनावी सभामा राणाले कांग्रेसका उम्मेदवारले नजिते त्यस्ता पालिकामा पैसा नै रोकिदिने बताएकी हुन्।
उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ ? यो कुरा ध्यान दिएर करूवा, सरूवा, हरुवा पार्टीलाई भोट नहाल्नुस्।’
डडेलधुरामा पूर्व जिल्ला सभापति कर्ण मल्लले नेपाली कांग्रेस बिपीको चुनाव चिन्ह करुवा लिएर एमालेसँग तालमेल गरेका छन्। एमालेसँगको तालमेलपछि मल्ललाई कांग्रेसले पार्टीबाटै निष्कासन गरेको छ।