सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा अन्तरिम आदेश जारी गर्नुनपर्ने आदेश गरेको छ ।
एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा आईजीपी नियुक्ति भएका धिरजप्रताप सिंहले नियुक्त भएर दज्यानी चिह्न समेत लिइसकेको अवस्थामा अन्तरिम सुनुवाइमै आवश्यक निर्णय हुने भन्दै अन्तरिम आदेश दिइरहनुनपर्ने आदेश गरेको हो ।
अब पूर्ण सुनुवाइका लागि जेठ १७ गतेको मिति तोकिएको छ ।
गत आइतबार सरकारले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि त्यसविरुद्ध पोखरेल अदालत गएका थिए ।