सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को नियमित पत्रकार सम्मेलन आज हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा दिउँसो पत्रकार सम्मेलन हुन लागेको हो ।
पत्रकार भेटघाटमा पार्टीले स्थानीय तह निर्वाचनसम्बन्धी जानकारी गराउने र पार्टीका आन्तरिक विषयवस्तुहरूमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले गएको सोमबारदेखि हरेक हप्ताको सोमबार नियमित पत्रकार सम्मेलन गर्ने गरी स्थानीय तह निर्वाचनका बारेमा जानकारी गराउन थालेको छ ।