कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको छ।
कञ्चनपुरका ९ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानीय तह प्रमुख लिने र एकीकृत समाजवादीले चार स्थानीय तह प्रमुख लिने सहमति भएको हो ।
जिल्लाका ९२ वडामै दुई पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। पालिका प्रमुख तथा उपप्रमुखहरू आ-आफ्नो चुनाव चिन्हबाट चुनाव लड्ने सहमति छ भने वडाका हकमा भने जसले वडाध्यक्ष पाएको छ सोही पार्टीको चिन्हअनुसार सदस्यहरूले पनि चुनाव लड्ने उनीहरूबीच सहमति भएको छ।
