हाल देशको पहाडी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।अहिले प्रदेश नम्बर-१ मा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।
राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको अनुरोध छ।