कैलालीमा सत्तारुढ गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । लामो प्रयासपछि आइतबार मध्यरातमा गठबन्धनबीच चुनावी तालमेलबारे सहमति जुटेको हो ।
सहमतिअनुसार १३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ४ र नेकपा (एकीकृत समाजवादी) पार्टीले २ वटा पालिका पाउने भएको छ ।

