वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा सोमवार ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाल मजदुर किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरी र नेपाल सद्भावना पार्टीबाट विजय कुमार रौनियारले उम्मेदवारी दिएका हुन् ।
अन्य ९ जना भने स्वतन्त्रबाट महानगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरेका हुन् । स्वतन्त्रबाट वीरगन्ज महानगरपालिकाको प्रमुखमा विकाशराज पटेल, फिरोज आलम , राधेश्याम साह,कैलाश प्रसाद,सञ्जीव यादव सगिर अलि, राजेन्द्र सिंह भूमिहारले उम्मेदवारी दर्ता गरेका हुन् ।
पकाहा मैनपुर गाउँपालिका अध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता
पर्साको पकाहा मैनपुर गाउँपालिका अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । निवर्तमान अध्यक्ष विजय चौरसियाले जनता समाजवादी पार्टी, ज्योति कुमारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
०७४ सालको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका चौरसिया १ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए । त्यसैगरि जगरनाथपुर गाउँपालिकामा जनता सामावादीको तर्फबाट अध्यक्षमा कृष्ण मोहन यादव सहित प्यानलको उम्मेदवारी दर्ता भएको छ । जनमत पार्टीका तर्फबाट डा. चन्दन चौहानको नेतृत्वमा प्यानलकै उम्मेदवारी परेको निर्वाचन आयुक्त चिन्तामणि शर्माले जानकारी दिए । त्यस्तै जिराभवानी गाउँपालिकाको वडा नं ३ वडाध्यक्ष सहित जसपाको प्यानल र वडा नं ३ मा वडाध्यक्ष सहित नेकपा एकीकृत समाजवादीको २ सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
त्यसैगरि सखुवा प्रसौनी गाउँपालिकामा नेपाल सुशासन पार्टीको तर्फबाट अध्यक्षमा बृजमोहन चौधरीको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पासवान,महेश प्रसाद यादव,प्रदेशी महतो,फेकु थारु,मदुसुधन महतो थारु र रामबालक कुम्हालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । ७ जनाले वडाध्यक्ष र अन्य तीन जनाले सदस्यमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा सूर्य प्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै विन्दवासिनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट अध्यक्षमा प्रमोद तिवारीको सेट सहितको उम्मेदवारी दर्ता भएको छ । तिवारी सेवा निवृत्त शिक्षक हुन । जनता समाजवादी पार्टीको तर्फबाट निवर्तमान अध्यक्ष श्रीलाल साह कानुको सेटकै उम्मेदवारी दर्ता भएको अरुण कुमार कोइरालाले जानकारी दिए । त्यस्तै धोविनी गाउँपालिकामा पत्रकार राजाकुमार पटेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
वडाध्यक्षमा एक जना र वडा सदस्यमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कैलाश दाहालले जानकारी दिए । बहुदरमाई नगरपालिकामा ३ जना वडाध्यक्षको मात्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टराईले जानकारी दिए ।
पोखरिया नगरपालिकामा राप्रपा बाट मेयरमा जीवनज्योती पासवान नेपाल सुशासन पार्टीको तर्फबाट मेयरमा शङ्कर राउत अहिर उपमेयरमा बिनादेवी, सहित ७ वटा वडाध्यक्ष सहित ३५ जनाको उम्मेदवारी परेको छ भने स्वतन्त्रमा मेयरमा धर्मराज यादव र उपमेयरमा जयकुमार रजकको उम्मेदवारी परेको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए ।
ठोरी गाउँपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट गङ्गा बहादुर खड्काको अध्यक्षमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत शिवराज न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगले उम्मेदवारी दर्ताकोलागि दुई दिनको समय तोकेको भए पनि पहिलो दिन उम्मेदवारी दर्ता नभएको देखिएको छ ।