सत्ता गठबन्धनको बैठक सकिएको छ ।सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन ।
महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमतिनजिक पुगेको दाबी गरेका छन् । बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ।
सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डाका विषयमा मंगलबार सहमति हुने कांग्रेस नेता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले महानगर र उपमहानगरमा तालमेल गर्ने विषय सहमति नजिक पुगेको बताए।