काठमाडौं — सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।
आज बिहान बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँडबारे सहमति जुट्न नकसेपछि स्थगित भएको छ ।
त्यसपछि दोस्रोपटक बसेको बैठकमा महानगर र उपमहानगरको सिट बाँडफाँडबारे सहमति जुटाउने विषयमा छलफल भइरहेको छ ।
आज केहीबेरअघि पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बेलुकासम्म गठबन्धनमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंगो लाग्ने बताएका थिए ।
उनका अनुसार ६ मध्ये ३ महानगरपालिका कांग्रेसले, र माओवादी, जसपा र समाजवादीले १–१ महानगरपालिका पाउने सहमति हुनसक्छ ।