मधेसमा एमाले कमजोर छ भन्ने आरोपलाई पछिल्लो समय नेकपा एमालेप्रति बढेको आकर्षणले एकपछि अर्को खण्डित गर्दै आएको छ । मधेसको स्थानीय तहका प्रभावशाली २३ जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि त्यो तथ्य थप बलियो बनेको हो ।
मधेसमा माओवादीबाट प्रभावशाली राजनीति गर्दै आउनु भएका नेताहरु प्रभुु साह, ज्वालाकुमारी साहलगायतले नेकपापछि एमाले नै रोजेसँगै मधेसमा एमाले थप बलियो बन्दै गएको थियो । उहाँहरुले एमाले रोजेसँगै माओवादीबाट विजयी भएका धेरै जनप्रतिनिधिको आकर्षण एमाले बन्न थालेको छ ।
प्रदेश–२ को एक मात्रै महानगरपालिका वीरगञ्जका मेयर विजय सरावगी नै एमाले प्रवेश गरेपछि तराईमा आफूलाई शक्तिशाली भन्ने जनता समाजवादी पार्टी समेत आफ्ना नेता–कार्यकर्ताको एमालेप्रतिको आकर्षणका कारण कमजोर बन्न थालेको प्रमाणित गर्छ । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका बेला मधेसप्रति देखाएको सद्भाव र विकासमा देखाएको रुचिका कारण ती जनप्रतिनिधिको आकर्षण एमालेप्रति बढेको तथ्यलाई नकार्न मिल्दैन ।
पछिल्लो समय एमाले प्रवेश गरेका जनप्रतिनिधिले समेत मधेसको विकासको वाहक एमाले मात्रै भएको भन्दै एमाले प्रवेश गरेको अभिव्यक्ति दिनुले पनि एमाले थप बलियो बनेको तथ्य प्रष्ट हुन्छ । नेकपा एमाले केन्द्रीय प्रचार विभागका सदस्य महेश दासका अनुसार मधेसका विभिन्न स्थानीय तहका तीन प्रमुख र तीन उपप्रमुखसहित २३ जनप्रतिनिधिहरुले एमाले प्रवेश गरेका छन् ।
यी हुन एमाले प्रवेश गरेका पालिका प्रमुख_उपप्रमुख
रौतहट
प्रमुख–४ उपप्रमुख– ६
१. इशनाथ नगरपालिका प्रमुख सन्तोष कुमार मेहता (कांग्रेस)
२. कटहरिया नगरपालिका प्रमुख सीताराम प्रसाद कुशवाह (माओवादी)
३. मौलापुर नगरपालिका प्रमुख रीना कुमारी साह (माओवादी)
४. राजपुर नगरपालिका प्रमुख मो सकिल अख्तर (कांग्रेस)
५.देवाही गोनाही नगरपालिका उप प्रमुख परनिया देवी (माओवादी)
६. फतुवा विजयपुर नगरपालिका उप प्रमुख कौशिला राउत जयसवाल (माओवादी)
७.मौलापुर नगरपालिका उप प्रमुख गौरी शंकर प्रसाद (माओवादी)
८. यमुनामाई गाउँपालिका उप प्रमुख गीतादेवी साह (माओवादी)
९. राजदेवी नगरपालिका उप प्रमुख अंशु सिंह (जसपा)
१०.बौधिमाई नगरपालिका उपप्रमुख प्रेमलता कुसवाह (जसपा)
पर्सा
प्रमुख–३ उपप्रमुख–३
१. वीरगन्ज महानगरपालिका प्रमुख विजय कुमार सरावगी (जसपा)
२. छिपहरमाई गाउँपालिका प्रमुख मनोजकुमार गुप्ता (माओवादी)
३. जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ (माओवादी)
४. धोवीनी गाउँपालिकाका उपप्रमुख पारसनाथ प्रसाद कुर्मी (जसपा)
५. सखुवाप्रसौनि गाउँपालिकाका उपप्रमुख फुलमतीकुमारी थरुनी (जसपा)
६ बहुदरामाई नगरपालिकाका उप प्रमुख गायत्री देवी (कांग्रेस)
महोत्तरी
प्रमुख १ उप प्रमुख २
१. सम्सी गाउँपालिका प्रमुख शेष फारुक (माओवादी)
२.जलेश्वर नगरपालिका उपप्रमुख मनचुन देवी (लोसपा)
३. पिपरा गाउँपालिका उप प्रमुख विनोदकुमार चौधरी (लोसपा)
धनुषा
उप प्रमुख २
१. गणेशनाथ चारनाथ नगरपालिका उप प्रमुख मीनाकुमारी यादव (माओवादी)
२. विदेह नगरपालिका उपप्रमुख निलम कुमारी देवी (माओवादी)
बारा
प्रमुख–१
१. आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी (जसपा)
सर्लाही
प्रमुख–१
१. कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव (लोसपा)