नेकपा एमाले कञ्चनपुर जिल्ला उपाध्यक्ष लक्ष्मी बुढाले आगामी स्थानीय तहको निर्वाचनमा महिलालाई पनि प्रमुख पदमा उम्मेदवार बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत उनले महिलालाई पनि प्रमुख पदमा उम्मेदवार बनाउनुपर्ने भन्दै पार्टीका नेताहरूको ध्यानाकर्षण गरेकी हुन् ।
उनले भनेकी छन्, 'खोक्रा नारा मात्रै हुन की ३३ प्रतिशत प्रमुख पदमा उम्मेदवार बनाउँदा रहेछन् हेर्न अब एक हप्ता बाँकी छ ।'
महिलाले पनि प्रमुखको जिम्मेवारी बहन गर्न सक्छन् भन्ने हिसाबले उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महिलालाई पनि पालिकाकोे प्रमुखमा उठाउनुपर्नेमा जोड दिएकी हुन् ।
आगामी स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवारी समेत रहने दाबी गरेकी छिन् ।