नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विकास विरोधीहरूले अत्तालिएर आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् ।
आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन् ।
जनताबाट होइन अदातलबाट सरकार ढालेको ओलीको आरोप छ । जनताले एमालेलाई माया गरेको भएपनि दुनियामा कहीँ नभएको नेपालमा भएको उनले बताए ।
आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको दाबी छ । कर्णाली करिडोरले तीव्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड दिनुपर्ने ओलीले बताए । खरका छाना विस्थापित हुनुका साथै, जनता आवास कार्यक्रममार्फत गरिब दुखीले घर पाएको उनको दाबी छ ।
अहिलेको गठनबन्धको सरकारले काम गर्न नसकेको अध्यक्ष ओलीको आरोप छ । निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर गठबन्धन गरेपनि एमालेलाई असर नगर्ने उनको दाबी छ । नेपालमा गठनबन्ध पार्टी र एमाले पार्टीको प्रतिस्पर्धा हुने अध्यक्ष ओलीले बताए ।
अध्यक्ष ओलीले नेपाली कांग्रेस बैशाखी टेकेर हिड्ने अवस्थामा पुगेको बताए । कांग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आएको पनि उनले बताए ।