अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् ।
नाबालिग पीडित किशोरीले जिल्ला अदातल तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको बुझिएको छ । नायक शाह पुर्पक्षका लागि थुनामा छन् ।
यसअघि उनले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत बयान दिँदा पलले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन्।किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।
यस्तै नाबालिग किशोरीका बुवाले पनि बयान फेरेका छन्।नाबालिगको तर्फबाट प्रहरीमा जाहेरी दिएका बाबुले आइतबार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा बयान फेरेको अदालत स्रोतले बताएको छ। बयानका क्रममा उनले शाहविरुद्ध दबाब र प्रभावमा परेर जाहेरी दर्ता गराएको बताएका छन्।
उनले आफ्नी नाबालिग छोरीमाथि शाहले पटक–पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए।