पछिल्लो २४ घण्टामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
करिब ३ हजार नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार ३६ संक्रमित निको हुँदा मृत्यु संख्या शून्य छ ।
हालसम्म ९८.७ प्रतिशत संक्रमित निको भइसकेका छन् । हाल ३७५ सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ७५८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।