स्याङ्जाको वालिङमा जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, वर्ष ४५ की हीराकुमार डाला, २५ वर्षकी सर्मिला सारु, उनका सात महिनाको छोरा गौरब र वालिङ नगरपालिका १४ की वर्ष ६१ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।
४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
वालिङ १२ बाट वालिङको बाँयटारी बजारतर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्बरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा अन्दाजी वर्ष ६० वर्षका अंगबहादुर डाला, ५५ का जिप चालक दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । तीन जना गम्भीर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको छ ।
जिप सडकबाट सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा ११ जना सवार रहेका बताइएको छ ।