पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
३३ सय ४९ सय जनामा एन्टीजेन परीक्षण गर्दा १५ र १३ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा चार गरी १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ४९ जनाले कोरोना जितेका छन् ।
यसैगरी, काठमाडौं उपत्यकाभित्र पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ललितपुरमा एक र काठमाडौंमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।