बझाङको चैनपुर स्थित बउलि खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्ला बित्थडचिर गाउँपालिका-४ देउलेख घर भएका १६ वर्षीय कमल बोहराको मृत्यु भएको हो।
नेकपा (एमाले) बझाङले आयोजना गरेको जनसभामा सहभागी हुन चैनपुर पुगेका बोहराको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आज दिउँसो करिब ४ बजे कार्यक्रम चलिरहेको समयमा नुहाउने क्रममा खोलामा डुबेका उनको समयमै उद्धार नभएकाले घटनास्थलमै मृत्यु भएको हो।
शव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।