धेरै पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान बनाएकी आरोही लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्ने भएकी छिन् ।
नौ पटक सफल आरोहण गरिसकेकी उनले १० औँ पटक सगरमाथा आरोहणका लागि आधारशिविरतर्फ जान लागेको आरोहण आयोजक कम्पनी सेभेन समिट क्लबका प्रमुख मिङमा शेर्पाले जानकारी दिए ।
सङ्खुवासभा मकालुकी लाक्पाले यस अघि सन् २०००, २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेका गरिसकेकी छिन् । यो वर्षको आरोहणपछि धेरै पटक सगरमाथा आरोहण गर्नुहुने महिलाको कीर्तिमान तोडिने भएको छ । शेर्पाले यस अघि एक पटक मात्र नेपाल तर्फको बाटोबाट र आठ पटक तिव्वत तर्फको बाटोबाट सगरमाथाको आरोहण गगरेकी थिइन् ।
लाक्पाले १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाने कम्पनीले जनाएको छ । पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पापछि दोस्रो पटक सगरमाथाको आरोहण गर्ने महिला लाक्पा शेर्पा हुन् ।