कैलालीमा श्रीमतीले श्रीमान्को हत्या गरेकी छिन् । जिल्लाको मोहन्याल गाउँपालिका १ की ३२ वर्षीया थुमा कुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान् नारायण बुढा मगरको हत्या गरेकी हुन्।
थुमा कुमारीले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर श्रीमान्को हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।