स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भएको छ।
आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरू छलफलमा जुट्ने भएका हुन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको आइतबारको बैठकमा आज शीर्ष नेतासँग बस्ने निर्णय भएको थियो।
आजको शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ।आइतबारको बैठकमा अनुगमन समितिले स्थानीय निर्वाचनका लागि गठबन्धन गर्ने सम्बन्धमा स्थानीय तहको रिपोर्टिङमाथि छलफल भएको थियो।