पछिल्लो २४ घन्टामा जम्मा ४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज २ हजार ७ सय ४० जनामा गरिएको परीक्षणमा जम्मा ४ जना संक्रमित भेटिएका हुन्।
आज ४८ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टामा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभर ५ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् भने देशका १४ जिल्ला कोरोना संक्रमणमुक्त रहेका छन्। १२ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।
