गर्भवती महिलाहरुलाई बच्चा जन्माउन सदरमुकाम जानुपर्ने बाध्यतालाई समाप्त पारेर गाउँमै वर्थिङ सेन्टर स्थापना गरिदिएका एक वडाध्यक्षले त्यहाँ सुत्केरी भएकी पहिलो महिलालाई नगद पुरस्कार प्रदान गरेका छन् ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ मा सुत्केरी सेवा को निम्ति केहिदिनअघी उदघाटन गरिएको वार्थिङ सेन्टरमा पहिलो बच्चा जन्माउने महिलालाई व्यक्तिगत रुपमा नगद पुरस्कार दिने बाचा गरेका वडाध्यक्षले यसरी बाचा पुरा गरेका हुन् ।
शनिवार सोही वडाकी यानु खातुनले छोरी जन्माएकी थिईन । खातुनलाई वडाध्यक्ष राजेश्वर प्रसाद केशरीले ५ हजार ५ सय रुपया नगद प्रदान गरेका हुन् ।
वडाध्यउक्ष केशरीले वर्थिङ सेन्टरमा कार्यररत अनमी शोभा कर्ण र जानकी कुशवाहालाई समेत प्रौत्सान गरेका छन् ।
गाउँमै प्रसुती सेवा शुरु गर्ने केशरीले चुनाव अगाडीनै वाचा गरेका थिए । भौतिक संरचना र स्वास्थ्यकर्मीको व्यवस्थापन पछी केहिदिन अघी त्यहाँ वर्थिङ सेन्टरको उदघाटन गरिएको थिए ।
प्रसुती सेवा गाउँमै उपलब्ध भएपछी स्थानिय धर्मनगरवासी खुसी भएका छन् । गाउँमै सेवा शुरुभएपछी सदरमुकाम जानुपर्ने झन्झटबाट मुक्त भएको वडाध्यक्ष केशरीले बताए ।