नेकपा एमाले शुक्लाफाँटाले स्थानीय तहको निर्वाचनमा पार्टीबाट मेयर र उपमेयरका आकांक्षीको नाम सिफारिस गरेको छ ।
आज शनिवार बसेको नगर कमिटी बैठकले मेयर र उपमेयरका आकान्छीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
बैठकले मेयरमा रमेश भट्ट,भूपेन्द्र साउँद,विष्णुदत्त जोशी, ज्ञानेन्द्र प्रसाद जोशी,टेक बहादुर हमाल, प्रेमराज भट्ट र रण बहादुर महराको नाम सिफारिस गरेको छ ।
यस्तै उपमेयरमा मोनिका भट्ट अनिता नेपाली, ईश्वरा कुँवर, मञ्जु साउँद र लक्ष्मी साउँदको नाम सिफारिस गरेको छ ।
सिफारिस मध्ये मेयरमा रमेश भट्टको सम्भावना बढी रहेको छ । स्थानीयमाझ घुलमिल भएका, युवा जोस र जाँगर, स्नातकोत्तरमा टपर, सबैलाई मिलाएर लिने क्षमता भट्टमा भएका कारण मेयरको टिकट उनले पाउने आकलन गरिएको छ ।