सुदूरपश्चिम प्रदेशसभको हिउँदे अधिवेशन अन्त्य भएको छ । शुक्रबारराति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको हो ।
प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जनबहादुर थापाले पढेर सदनलाई सुनाएका थिए ।
प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो । कानून बनाउने अधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशन्मा जम्मा दुई वटा विधेयक पारित गरिएको छ ।
हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर्न बनेको विधेयक र दलित सशक्तिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको सभामुख थापाले जानकारी दिए ।