सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो ।
हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो । स्रोतका अनुसार स्रोतका अनुसार डा रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिइन लागेको छ । यस्तै गोविन्द बोहरालाई सामाजिक विकास मन्त्रालयको र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारी दिइन लागेको जनाएको छ ।
लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन् तर स्थानीय चुनावामा केन्द्रको गठबन्धन प्रदेशमा असर पर्ने भएपछि शुक्रबार कांग्रेसबाट दुईमन्त्रीसहित एक राज्यमन्त्रीले शपथ लिन लागेका हुन्।
तीनै मन्त्रीले आज नै शपथ लिने स्रोतले जनाएको छ । काँग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले दुई मन्त्री फिर्ता बोलाउने बताइएको छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् ।